• Madhesh Aandolan Photo1

  • Madhesh Aandolan Photo2

  • Madhesh Aandolan Photo3

  • Madhesh Aandolan Photo4

  • Madhesh Aandolan Photo5

  • Madhesh Aandolan Photo6

  • Madhesh Aandolan Photo7

  • Madhesh Aandolan Photo8

नेपाल एक बहुभाषिक, बहुजातीय, बहुधार्मिक एवं बहुसाँस्कृतिक देश मात्र नभई बहुराष्ट्रिय देश पनि हो । मधेश एउटा छुट्टै राष्ट्र हो जसको आफ्नो छुट्टै भूगोल, प्राकृतिक अवस्था (प्रकृति, जलवायु) आफ्नै भाषा एवं संस्कृति, रहन सहनको आफ्नै शैली (तौर तरिका) रहेको छ । सबभन्दा महत्वपूर्ण पक्ष यसको हजारौं वर्ष पुरानो आफ्नै ऐतिहासिक पृष्ठभूमि । मधेश शब्द नेपालको पूर्व मेची देखी महाकाली सम्म फैलिएकोे समतल कृषि योग्य भू–भागमा बस्ने मधेशीहरुको पहिचान स्थापित गरेको छ । सुगौली सन्धि पछि जब देखि आधुनिक नेपालको राजनीतिक सीमा निश्चित भयो, मधेशीहरु इमान्दारीपूर्वक बराबरीको आधारमा नया राष्ट्रियताको निर्माणमा आपूmलाई प्रस्तुत गर्दै आएका छन् । तर राज्य र यहाँका खस शासकहरुलाई मधेशीहरुको बराबरीको हक मान्य भएन र त्यो अवस्था अहिले पनि कायम नै छ ।

प्रत्येक देशको भौगोलिक परिवेश, वातावरणीय प्रभाव र सामाजिक परिवेशको आधारमा केही यस्ता राष्ट्रिय सरोकारका विषयहरु हुने गर्दछन जसको आधारमा राष्ट्रको उन्नति र अवनति गांसिएको हुन्छ । पार्टीले निम्नलिखित विषयलाई राष्ट्रिय सरोकारको विषय मान्दछ र त्यस सम्बन्धमा निम्नलिखित अवधारणा र नीति अख्तीयार गर्न आवश्यक ठान्दछ ।
क) कृषिनीति: नेपालको ८० प्रतिशत जनसंख्या कृषिमा निर्भर गर्दछ । कृषि क्षेत्रको वार्षिक वजेट लगानी तथा सरकारी स्तरमा उपलब्ध सुविधा र साधनका आधारमा भन्नु पर्दा कृषि क्षेत्र ओझलमा पर्न थालेको छ । खाद, मल, विउ विजमको जहिले पनि अभाव र सिंंचाई सुविधाको अभाव रही अकाशे वर्षामा निर्भर रहेकोले गर्दा कृषि क्षेत्र अनुत्पादक (गलउचयमगअतष्खभ) क्षेत्रको रुप देखिन थालिएको छ । कृषि क्षेत्रमा लागेको जनताको क्रयशक्ति दिन प्रतिदिन कमजोर हुंदै गई रहेकोले उनीहरु वैदेशिक रोजगार तिर पलायन भईरहेका छन । कृषि क्षेत्रको सुधार गर्न अति आवश्यक छ भन्ने पार्टी ठान्दछ । यसका लागि निम्नलिखित नीति र कार्यक्रम लागू गर्नु पर्ने पार्टीको मान्यता हो ।

तमलोपाका सभासदहरु संविधानसभामा शासकीय स्वरुप निर्धारण, प्राकृतिक स्रोत, आर्थिक अधिकार, राजस्व बाँडफाड लगायतका समितिहरुमा निर्णायक भूमिका खेलेका थिए ।
(क) संविधान सभामा निरन्तर उपस्थिति ः– तमलोपा संधीय संविधान र संविधान सभाबाट संविधान निर्माण कार्यमा सधै गम्भीर रहेको थियो र आजपनि छ । त्यसै कारण संविधान सभा, विषयगत समिति र संवैधानिक समितिमा यस पार्टीको निरन्तर उपस्थित रहेको हो । कतिपय राजनीतिक दलका नेताहरु संविधान सभामा लगातार दश बैठक सम्म अनुपस्थिति रहेका कारण तिन्को संविधानसभा सदस्यता समेत संकटमा पर्न गएको थियो । यसवाट संविधान निर्माण कार्यमा को कति गम्भीरता थिायो ? सहजै अनुमान गर्न सकिन्छ । हाम्रो पार्टी निरन्तर उपस्थित र अभ्यासरत रहेकोले पार्टी यसलाई समेत सफलताको रुपमा लिएको छ  ।

आदिवासी जनजातिहरु देशका मूल निवासी हुन् । कतिपय आदिवासी जनजाति हिन्दू रहेपनि सबैको धर्म संस्कृति अतीतमा प्रायः बौद्धिष्ट थियो । पृथ्वीनारायण शाहद्वारा नेपाल एकीकरण अभियानका दौरान “नेपाललाई असली हिन्दूस्तान” बनाउने नारा र राज्यको मनोविज्ञानले सम्पूर्ण आदिवासी जनजातिलाई राज्य पक्षबाट पाखा लगाइएको र भेदभाव गरिएको भन्ने पार्टीको मान्यता छ । तराईका थारु लगायत सम्पूर्ण आदिवासी जनजातिहरु यसैकारण आर्थिक, राजनैतिक र सामाजिक रुपमा पिछडिएका छन् । आदिवासी र जनजातिहरुको समग्र विकासको लागि पार्टी निम्नलिखित योजना र नीर्ति  आवश्यक ठान्दछ । आदिवासी जनजातिहरु देशका मूल निवासी हुन् । कतिपय आदिवासी जनजाति हिन्दू रहेपनि सबैको धर्म संस्कृति अतीतमा प्रायः बौद्धिष्ट थियो । पृथ्वीनारायण शाहद्वारा नेपाल एकीकरण अभियानका दौरान “नेपाललाई असली हिन्दूस्तान” बनाउने नारा र राज्यको मनोविज्ञानले सम्पूर्ण आदिवासी जनजातिलाई राज्य पक्षबाट पाखा लगाइएको र भेदभाव गरिएको भन्ने पार्टीको मान्यता छ । तराईका थारु लगायत सम्पूर्ण आदिवासी जनजातिहरु यसैकारण आर्थिक, राजनैतिक र सामाजिक रुपमा पिछडिएका छन् । आदिवासी र जनजातिहरुको समग्र विकासको लागि पार्टी निम्नलिखित योजना र नीर्ति  आवश्यक ठान्दछ ।

Monday the 29th - © 2014 Terai Madhesh Democratic Party. - Site By: IT HOME